Home समाचार मुख्य समाचार बाटोमा फोहोर फाल्नेलाई सिसिटिभीका माध्यमबाट कारबाही हुन्छः मेयर शाह

बाटोमा फोहोर फाल्नेलाई सिसिटिभीका माध्यमबाट कारबाही हुन्छः मेयर शाह

0
बाटोमा फोहोर फाल्नेलाई सिसिटिभीका माध्यमबाट कारबाही हुन्छः मेयर शाह

सञ्चार हाउस, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी फोहोर फाल्नेलाई सिसिटिभीको माध्यमबाट पत्ता लगाई कारबाही गरिने बताएका छन् ।

बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मेयर शाहले सीसीटीभीबाट बाटोमा फोहोर फाल्नेको निगरानी गरी कारबाही गरिने बताएका हुन् ।

काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने पनि उनले बताए । उपत्यकामा अपराध रोकथाम र नियन्त्रणमा महानगर सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता मेयर शाहले गरे । महानगरले विभिन्न ठाउँमा सीसीटीभी थप्न लागेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here