Home समाचार मुख्य समाचार दक्षिणकाली नगरपालीकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

दक्षिणकाली नगरपालीकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

0
दक्षिणकाली नगरपालीकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता भण्डारीले बताइन्।

बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । स्रोतका अनुसार बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका छन् ।

उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।

नेपाली कांग्रेसका बस्नेत र तामाङ २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयर र उपमेयरमा निर्वाचित भएका थिए ।

दक्षिणकाली नगरपालीकाकाे वडा नम्बर १ मा एमालेका जय थापा मगरले जितेका छन्। वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ मा कांग्रेसका श्यामबहादुर खत्रीले जितेका छन्। त्यस्तै वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा पनि कांग्रेसका अमृका बलामीले जितेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here