Home समाचार मुख्य समाचार रौतहटमा स्रोत नखुलेको ३० लाख ७६ हजार नेपाली नोटसहित दुई भारतीय पक्राउ

रौतहटमा स्रोत नखुलेको ३० लाख ७६ हजार नेपाली नोटसहित दुई भारतीय पक्राउ

0
रौतहटमा स्रोत नखुलेको ३० लाख ७६ हजार नेपाली नोटसहित दुई भारतीय पक्राउ

जेठ २६, रौतहट । रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली नोट ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर ०५ आर ४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका युवकलाई सीमानामा प्रहरीले जाँच गरेको थियो । चेकजाँच गर्ने क्रममा भारत जिल्ला मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई पक्राउ परेका हुन्।
मोटरसाइकल पछाडि सवार सुरजले बोकेको नाईलनको झोलामा ल्याएको नोटको स्रोत नखुलेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताए । शाहले उक्त रकम कस्तो प्रक्रियाको हो भन्ने बारे अनुसन्धान भइरहेको बताएका छन् ।
शाहले भने, ‘युवक चढेको मोटरसाइकल र पक्राउ परेका युवकहरु बारे सोधपुछ हुँदैछ ।’ उनले पुनः थपे, ‘निषेधाज्ञाको फाइदा उठाउँदै अवैध रकम ओसारपसार गरेको पाइयो ।’ कोभिड १९ को कारण बन्द रहेको नाकको फाइदा उठाइ स्रोत नखुलेको रकमको ओसारपसार भइरहेको पाइएको छ । रकम ओसारपसारमा भारतीय नागरिक नै हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here