Home समाचार मुख्य समाचार राष्ट्रपति कार्यालयसँग सर्वोच्चले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग्दै १५ दिन भित्र लिखित जवाफ दिन आदेश

राष्ट्रपति कार्यालयसँग सर्वोच्चले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग्दै १५ दिन भित्र लिखित जवाफ दिन आदेश

0
राष्ट्रपति कार्यालयसँग सर्वोच्चले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग्दै १५ दिन भित्र लिखित जवाफ दिन आदेश

काठमाडौं‚ असोज ९,  । नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो ।

संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।

अधिवक्ता सुनिलरञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियारले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति  भण्डारीको कदमविरुद्ध सर्वोच्चमा रिट दिएका थिए । अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको पनि सञ्चार हाउसलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here