१.
प्रकृतिले पनि खेलिरहन्छ खेल
कहिले आउँछ भूकम्प त
कहिले बाढी भेल ।
२.
हरेक साल आउँछ कुनै न कुनै बिपत्ति
भताभुङ्ग पारिदिन्छ दु:खले
जोडेको सम्पत्ति ।
३.
दोष दिन्छौं दिन त दैवको खेल भनि
कतै दोषि पो छौं कि हामी
मानव पनि ?
४.
साच्चै लगेको हो कि प्रकृतिले नै छानेर
कि दु:ख पायौं हामीले बस्ती
बसाउन नजानेर ?
५.
बाँच्नलाई चाहिन्छ गाँस, बास र कपास
विकास गर्ने चक्करमा
प्रकृति नमास ।
६.
बाटो खन्नाले पहरा चर्कायो
रुख माँसिदा वर्षातले बगायो ।
७.
मापदण्ड नमिल्दा प्रकोप खेप्नु पर्नेछ
काम गर्दा भविष्य पनि सोच्नु पर्नेछ ।
८.
सकिन्न कसै गरी प्रकृतिको बाटो छेक्न
कसको आँट पुग्छ र यहाँ
दैवको लीला रोक्न ।
९.
जे नहुनु भैगयो अब जुट सरकार
पीडितहरूलाई वल्लो घाट न
पल्लो तिर नपार ।
१०.
मर्ने त मरिगए बाँच्नेलाई छ आश
व्यवस्था गरिदेउ तिनका गाँस र बास।
सावित्री अधिकारी, काठमाडौं – सुकेधारा