Home कला-साहित्य झरना (प्राकृतिक प्रकोप)

झरना (प्राकृतिक प्रकोप)

0
झरना (प्राकृतिक प्रकोप)

१.

प्रकृतिले पनि खेलिरहन्छ खेल

कहिले आउँछ भूकम्प त

कहिले बाढी भेल ।

२.

हरेक साल आउँछ कुनै न कुनै बिपत्ति

भताभुङ्ग पारिदिन्छ दु:खले

जोडेको सम्पत्ति ।

३.

दोष दिन्छौं दिन त दैवको खेल भनि

कतै दोषि पो छौं कि हामी

मानव पनि ?

४.

साच्चै लगेको हो कि प्रकृतिले नै छानेर

कि दु:ख पायौं हामीले बस्ती

बसाउन नजानेर ?

५.

बाँच्नलाई चाहिन्छ गाँस, बास र कपास

विकास गर्ने चक्करमा

प्रकृति नमास ।

६.

बाटो खन्नाले पहरा चर्कायो

रुख माँसिदा वर्षातले बगायो ।

७.

मापदण्ड नमिल्दा प्रकोप खेप्नु पर्नेछ

काम गर्दा भविष्य पनि सोच्नु पर्नेछ ।

८.

सकिन्न कसै गरी प्रकृतिको बाटो छेक्न

कसको आँट पुग्छ र यहाँ

दैवको लीला रोक्न ।

९.

जे नहुनु भैगयो अब जुट सरकार

पीडितहरूलाई वल्लो घाट न

पल्लो तिर नपार ।

१०.

मर्ने त मरिगए बाँच्नेलाई छ आश

व्यवस्था गरिदेउ तिनका गाँस र बास।

सावित्री अधिकारी, काठमाडौं – सुकेधारा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here