Home धर्मसंस्कृति टुँडीखेलमा बढाइँ गरेर दशैघरमा भित्र्याइयो फुलपाती

टुँडीखेलमा बढाइँ गरेर दशैघरमा भित्र्याइयो फुलपाती

0
टुँडीखेलमा बढाइँ गरेर दशैघरमा भित्र्याइयो फुलपाती

असोज ज्१६, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा नवपत्रिकाको नामले समेत चिनिने फूलपाती भित्राइन्छ । फूलपातीलाई शुभसाइत एवम् नौवटी देवीको प्रतीकको रूपमा लिइन्छ ।

फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here