Home धर्मसंस्कृति फर्पिङमा सुरु भयो कार्तिक नाच (भिडियो सहित)

फर्पिङमा सुरु भयो कार्तिक नाच (भिडियो सहित)

0
फर्पिङमा सुरु भयो कार्तिक नाच (भिडियो सहित)

काठमाडौंको दक्षिण भेग फर्पिङ, प्राचिन नाम शिखरापुर महानगरीले प्रख्यात रहेको दक्षिणकाली नगरपालिकामा वर्षेनी सञ्चालन गरिने कार्तिक नाच सुरु भएको छ । नेपाल संम्वत ५९४ साल देखि हरेक वर्ष अविछिन्न रुपमा सञ्चालन हुँदै आएको यस नाचमा जगत जननी श्री दक्षिणकाली, श्री महाँलक्ष्मी, श्री गणेश, श्री कुमारी, श्री इन्द्रायणी, श्री वाराही, श्री भैरव, श्री महादेव, गंगा, पार्वती, ख्याक, कवँ, देवला, शिकारीहरु र फरक फरक धार्मिक तथा पौराणिक कथाहरुमा आधारित रहेर राजा, रानी, राजकुमार, मैयाँ, मन्त्री, सिपाहीँहरु समेतको नाच प्रस्तुत गरिन्छ ।


करिव एक महिना सम्म कलाकारहरुलाई प्रशिक्षण गराई कार्तिक शुक्ल पुर्णिमादेखि ४ दिन सम्म देखाइने उक्त नाचको अर्को विशेष आकर्षण भनेको वियोगमा परेकी रानी वा मैयाँलाई तान्त्रिक शक्तिबाट विलाप गराईन्छ र विलाप लाई शान्त पार्न पनि तान्त्रिक विधि नै अपनाइन्छ । हाल यस नाच सञ्चालन गर्न स्थानीय निकाय र अन्य सहयोगी दाता महानुभावहरुको सहयोगले मात्र सञ्चालन गर्न कठिन हुँदै गईरहेको कुरा नाचका प्रमुख गुरु धर्मराज बलामीले वताउनु भयो । “दिनानु दिन बढ्दै गइरहेको महंगीले गर्दा नाच प्रशिक्षण देखि समापन सम्म धेरै रकम खर्च हुने गरेको छ । त्यस्तै विभिन्न प्रविधि र आधुनिक मनोरञ्जनका साधनको सहज पहुँचले पनि नाच हेर्नको लागि दर्शकहरुको पनि कमी हुँदै गइरहेको अवस्था छ ।” बलामी अगाडी थप्नु हुन्छ, “अहिले त नाचमा कलाकारहरु खोज्न पनि हम्मे हम्मे नै छ । हामीले कलाकारलाई विशेष व्यवस्था र सहयोग गर्न सकिरहेका छैनौ । त्यसैले विशेष भूमिका निर्वाह गर्नुपर्ने कलाकारहरुलाई त विशेष अनुरोध गरेर ल्याउनु परिरहेको छ । अर्को हामीलाई कुनै पनि सरकारी निकाय बाट यथेष्ट आर्थिक सहयोग उपलब्ध छैन । स्थानीय निकायले दिएको थोरै बजेट र अन्य दाताहरु खोजेर नाच सञ्चालन गरिरहेका छौं ।”


कला, संस्कृतिको जगेर्ना र यसलाई संरक्षण गर्ने हो भने अवश्य पनि यस्ता खालका नाचको लागि सरकार र राज्यले पनि केही योगदान गर्नु आवश्यक देखिएको छ । कला संस्कृति हाम्रा धरोहर हुन् । हाम्रा पहिचान हुन् । तसर्थ केही गर्न नसके पनि दर्शकको रुपमा उपस्थित भएर नाच अवलोकन गरिदिनु होला । हामी यही अपेक्षा गर्दछौ्र । नाचको पहिलो कार्यक्रम मंसिर ४ र ६ गते टिपीटोलमा र ७ र ८ गते झम्केश्वरी प्राङ्गणमा बेलुकी ५ः३० बजे देखि १२ः०० बजे सम्म देखाइने छ । यस वर्ष शनि देवको कथामा आधारित बलभद्र राजाको नाच देखाइँदै छ ।

देवी नाचको दृष्य :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here