Home कला-साहित्य नेपाली साहित्यमा फरक विधा ‘सुसेली’ – लेखन तरिका र संरचना सहित

नेपाली साहित्यमा फरक विधा ‘सुसेली’ – लेखन तरिका र संरचना सहित

0
नेपाली साहित्यमा फरक विधा ‘सुसेली’ – लेखन तरिका र संरचना सहित

सुसेली: सुसेली तपाई हामीहरू माझबाट जन्म लिएको एउटा विधा हो । जब हामीहरूले ५+७+५ को त्रिपदीय नेपाली लोक लय तथा भाकामा नेपाली पनमा सिर्जना, वाचन तथा गायन गरि रहेका छौं भने यसलाई किन विदेशी नाम बाट रचना वा वाचन गर्ने ? आफ्नै मौलिक, पौराणिक तथा ऐतिहासिक लोक लयमा आधारित आफ्नै नाम किन नदिने ? यिनै प्रश्नहरूको जवाफमा “सुसेली” को जन्म भएको छ ।

यो विधामा अरू कुनै विधाका नियमहरू लागू हुदैनन् र कुनै निस्चत भाव आउनु पर्छ भन्ने पनि हुदैन । सिर्फ पहिलो हरफ पाँच अक्षरमा, दोस्रो हरफ सात अक्षरमा र तेस्रो हरफ पाँच अक्षरमा (५+७+५) हुनुपर्छ र नेपाली लोकलयमा गाउन मिल्ने अर्थपूर्ण हुनुपर्छ । अनुप्रास नमिल्दा पनि गाउन मिल्ने हुनुपर्छ र जे जस्तो भावमा लेख्दा फरक पर्दैन । व्याख्या र नियमहरू सहितको पुस्तक “त्रिनेत्र” बृहत् सुसेली काव्य प्रकाशित भैसकेको छ ।

अहिलेलाई यी कुराहरूमा ध्यान दिउँ ।

१.   सुसेली तीन हरफको बनाउनुपर्दछ ।

२.   पहिलो हरफ पाँच अक्षरको हुनुपर्दछ ।

जस्तै : शुभकामना,

३.   दोस्रो हरफ सात अक्षरको हुनुपर्दछ ।

जस्तै : पूरा गरौँ नेता ज्यू

४.   तेस्रो हरफ पाँच अक्षरको हुनुपर्दछ ।

जस्तै : हाम्रा चाहना ।

यसरी पाँच, सात र पाँच गरी तीन हरफमा जम्मा सत्र अक्षरको एउटा हाइकु जस्तै सुसेली बन्दछ । मुक्तकमा जस्तै सुसेलीमा पनि पहिलो लाइनले कुराको उठान गर्नुपर्यो । दोस्रोले पुष्टि वा बयान र तेस्रोले निचोड वा अन्त्य गर्नुपर्छ ।

५.   कुनै पनि सुसेली लेख्दा पहिलो पाँच अक्षरको हरफमा र तेस्रो पाँच अक्षरको हरफमा दोस्रो वा तेस्रो अक्षरमा विश्राम लिन मिल्ने बनाउँदा नेपाली लोकलयमा गाउन मिल्ने सुसेली बन्दछ । अनुप्रास मिलेको हुनु जरुरी हुँदैन ।

जस्तै : पात हल्लायो

हावा चल्यो सिरिरी

मन आनन्द ।

     हतार गर्नु

     बाटोमा दुर्घटना

     निम्त्याउनु हो ।

काव्य सुरिलो

इतिहास बोकेको

हाम्रो सुसेली ।

६.   पहिलो, दोस्रो र तेस्रो तिनै हरफको अन्तमा अनुप्रास मिलाउँदा अति सुन्दर गाउन मिल्ने नेपालीपनको सुसेली बन्दछ ।

जस्तैः गयौ छोडेर

मन अन्तै मोडेर

नाता तोडेर ।

     उड्छ पुतली

     उकाली र ओराली

     छर्दै सुसेली ।

शम्भु त्रिनेत्र

अर्पण बेलपत्र

लिला बिचित्र ।

७.   पहिलो हरफको अन्त र तेस्रो हरफको अन्तमा अनुप्रास मिलाउँदा झनै राम्रो देखिन्छ ।

जस्तैः रातो रिबन

को छ र मेरो पनि

एक्लो जीवन ।

     मेरो आग्रह

     नेपाली लोकभाका

     गीति सङ्ग्रह ।

विश्वविख्यात

सुसेली नेपालीमा

लय प्रख्यात ।

८.   दोस्रो र तेस्रो हरफको अन्तमा अन्त्यानुप्रास मिलाउँदा पनि मीठो स्वरको सुसेली बन्दछ ।

जस्तैः सभापति ज्यू

सम्बोधन ऐजन

मेरो नमन ।

     लोक लयमा

     गरौँ शब्दचयन

     नत्र भएन ।

दुत दैंत्यका

खतरनाक झन

वरिपरि छन् ।

९.   सुसेलीको पहिलो र तेस्रो हरफमा दोस्रो अक्षरमा विश्राम लिने र दोस्रो हरफमा तेस्रो वा चौथो अक्षरमा विश्राम लिने गरी रचना गरिएमा स्वरमा गाउन सकिन्छ । अन्त्यानुप्रास मिल्नु जरुरी पर्दैन ।

जस्तै: दाँत ङिचिक्क

ङिच्याउँदै सानिमा

ङिस्स नपर ।

     विधा सुसेली

     पाँच सात पाँचका

     सत्र अक्षर ।

वनपाखाको

विदेशी हैन हाम्रो

लोकभाका हो ।

अहिलेलाई यिनै सामान्य नियममा रहेर:

विधा फरक

लेखौं साथी सुसेली

तीन हरफ ।

     हाम्रो सुसेली

     पाँच सात पाँचका

     सत्र अक्षरी ।

दुर्गा अधिकारी भमरकोटे । सुसेली प्रवर्तक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here